नेपालमा हाल सम्मकै उच्च कोरोना संक्रमित एकै दीन ६७१ जना भेटिए ,

असार ४ ,काठमान्डौ – नेपालमा थप एकै दिन ६७१ जना कोरना संक्रमित थपिएका छन्,यो संख्या नेपालमा हाल सम्मकै उच्च मानिन्।

जसमध्ये ८० महिला र ५९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ। संक्रमितमा भक्तपुर,डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजालगायतका जिल्लाका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

lekbesi

यो संक्रमित संख्याबाट हाल सम्म १,१८६ जना डिस्चार्ज भएका छन् भने २२ जनाको मृत्यु भईसकेको छ।