गुर्भाकोट ३ मा विधुतको पोल गाड्ने काम सुचारु ,

असार ५ ,सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिका वडान ३ मा बिजुलीको पोल गाड्ने काम सुचारु भईरहेको छ।

गुर्भाकोट वडा कार्यालयदेखि डोब सम्म ६१ वटा बिजुलीका पोल गाड्ने काम भईरहेको छ जसमा अझै २५ पोल अपुग भएका छन्।

गुर्भाकोटका १ २, ३, मा पोल गाड्न बाँकी रहेको डोबका स्थानिय सिक्षक हिरालाल खत्रीले जानकारी गराए।

lekbesi

उनका अनुसार वडान ४,५,६ ,७ ,८ र ९ मा एस अघिनै पोल गाडीएको छ भने ९ न वडामा बिधुत पोल तार बिछ्याइसकेपछी मात्र विधुत प्राविधिकरणले ट्रान्समिटर राख्ने छ।

बाँकी वडा कार्यालयमा बिजुलीका पोलको लागि टेन्डर आवाहन गरिने बताईएको पनि खत्रीले जानकारी दिए।

गुर्भाकोटको बोटेचौर हुँदै धारापानी ,टिम्मुरे सडक संजालमा जोडीएसंगै निम्न वडामा विधुतका पोल राख्ने काम भैरहेको छ।