साउदी अरबबाट १ सय ५७ जना नेपालि स्वदेश आइपुगे,

असार ५ ,काठमान्डौ – साउदी अरबबाट एक सय ५७ जना नेपालि हिमालयन एयरलाइन्समार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन्। जसमा ८ महिला ति मध्ये ४ गर्भावातिमहिला छन्।

साउदी अरबको दोश्रो सहर दमाम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उनीहरु शुक्रबार बिहान ७:३० काठमाडौं अवतरण गरेका हुन्।

साउदिबाट नेपाल आउन १० हजार नेपालीले दुतावासमा निवेदन दिएका छन्। आज आएका नेपालीहरु अलपत्रपरेका नेपालीहरु रहेको र दोश्रो उडान साउदीको रियादबाट भोलि शनिबार हुने पनि दुतावासले जनाएको छ।

lekbesi

साउदिबाट आज आएका सबैलाई आरडीटीमार्फत परीक्षण गरिएको छ तर साउदीले आरडीटीलाई मान्यता दिएको छैन साउदीमा पिसिआर परिक्षन गर्न साउदी रियाल १५ सय रियाल लाग्ने गर्दछ जुन नेपालि ४२ हजार नाघ्छ ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले उडान सुरु भएकोले स्वदेश फिर्न चाहने नेपालीलाई धैर्य रहन आग्रह गरेका छन् ।