क्वारेन्टाईनमा बसेकालाई निशुल्क पोसिलो नास्ता वितरण ,

असार ५ ,कैलाली – जिल्लाको गाँउपालिकाको क्वारेईनटाईनमा बसेकाहरुलाई सामाजिक अभियन्ता युवा आलोक जंग साउदले निशुल्क पोसिलो नास्ता उपलब्ध गराएका छन्।

उनले कैलाली जोशिपुर गाँउपालिकाको विभिन्न क्वारेईनटाईनमा रहेका नागरिकलाई पोसिलो नास्ता अण्डा ,चना ,मिनिरल पानि,मक्षरधुप वितरण गरेका हुन् ।

हिजो चार गते जोशिपुर गाँउपालिका वाडान ५ मैनपोखरि जनता माविमा रहेका ४७ जनालाइ आलोकले सामाजिकदुरी कायम राख्दै निशुल्क पोसिलो नास्ता वितरण गरेका छन्।

lekbesi

आउँदा दिनमा पनि यसरिनै क्वारेईनटाईनमा रहेकालाई नास्ता उपलब्ध गराउने उनले बताए।

आफ्नो अभियानमा साथ् दिने जोशिपुर बजारका युवा व्यापारी रण बहादुर साउद नेकपाका कैलालि जिल्ला सदस्य शिवराज विनाडि ,कतार पुलिसमा कार्यरत युवा नैन बाहादुर बोहोरा लगायत होटल व्यवसायी ज्ञान बहादुर बम ,युवा व्यापारी नरेश महर,शिक्षक रगुनाथ जोशि, चुरे गाँउपालिका १ का युवा व्यवसायी देव बोहोरा प्रति आलोक जंग साउदले हार्दिक आभार ब्यक्त गरेका छन्।

तेसैगरी आफ्नो अभियानमा विभिन्न तवरले भौतिक ,आर्थिक ,नैतिक रुपमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका हुन्।