मनोज गजुरेलकि पूर्व पत्नी मिना द्वारा अन्लाईन विरुद्द प्रेश काउन्सिलमा उजुरी ,,
वैशाख ११- गायिका मिना ढकालले आफ्नो विषयमा गलत समाचार सम्प्रेषण गरेको भन्दै केही अनलाइनविरुद्ध प्रेस काउन्सीलमा उजुरी गरेकी छिन् । उनी ती समाचारको स्किनसट बोकेर पुगेकी काउन्सिल पुगेकी छिन ।
‘केही झारपात अनलाइनहरुले मेरो इमेज बिगि्रने गरी समाचार प्रकाशित गरेकाले कानूनी उपचार खोजेकी हुँ,’ उनले भनिन् ।त्यसो त उनी पहिले साइबर क्राइममा उजुरी हाल्न प्रहरीमा पुगेकी थिइन् । तर, प्रहरीबाट उनलाई सञ्चारमाध्यमसँग सम्वन्धित विषय भएकाले प्रेस काउन्सील जान सुझाव दिइएको थियो ।
प्रेस काउन्सीलमा उनीका विषयमा गलत समाचार लेख्ने अनलाइनबारे छानविन गर्दा अधिकांस दर्ता नभएका फुटकर अनलाइन भएको पाइएको थियो । त्यसैले तिनीहरुविरुद्ध कारवाही कठिन भएको छ । ढकालले फेरि प्रहरीमा गएर साइबर क्राइममा उजुरी गर्ने विचार गरेकी छिन् । दोस्रो विहे गर्न तयार छु, तर गाउँले पाखे हुनुहुन्न,’ शिर्षकमा आफ्नो विषयमा गलत समाचारहरु आएकेा मिनाले बताइन् । यो विषयलाई लियर सामाजिक संजालमा भाइरल बनाईयको थियो तर उनले तेस्तो नबोलेको बताईन।
आफुले गयको गीतमा डिस्लाईक हान्ने प्रति झटारो ,,
हाँस्यव्यंग्यकर्मी मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालको पहिलो गीत यूट्यूवमा सार्वजनिक भएपछि यसले लाइकभन्दा डिस्लाइक बढि पाएको विषय चर्चामा आयो । पछिल्लो पटक हेर्दा करिब ५ सय लाइक र ९ हजार डिसलाइक देखिन्छन् । करिब ११ सय कमेन्टहरुमध्ये अधिकांस नकारात्मक छन् ।
तर मिना भन्छिन् मलाई एसले कुनै फरक पर्दैन ,। म सफल कलाकार बन्ने हो अगाडी बढ्छु ,जसको औकात जे छ , जति दिमाग छ उसले तेही कमेन्ट गर्छ ।, उनले तत्काल आफुले दोस्रो गीत दर्शक सामु ल्याउने पनि बताईन र बाहिर बाट तिजको गीत गाउने भन्ने अफर बढी आयकोले त्यो पनि गर्ने मिनले भनिन।
यो गीतलाई राज खड्काले संगीत गर्नेछन् ‘मार्मिक’ शब्दहरुका कारण यो गीतलाई दर्शक-स्रोताहरुले मन पराउने मिनाको विश्वास छ ।त्यसो त उनले निकै आशा राखेर ‘आँखा जुध्यो, यो मनले त्यो मनलाई कस्यो’ बोलेको पहिलो गीत ल्याएकी थिइन् । गीतमा मोडलिङ पनि उनकै थियो । तर उनले सोचेजस्तो भएन । यो गीतलाई धेरैले मजाकमा उडाएका छन् ।मिना भन्छिन् कुकुर भुक्दै जान्छ हात्ती लम्किदै गर्छ।
‘