अंगीकृत नागरिकताको व्यवस्था गर्न ‌ओली-दाहालको सहमति ,

असार ५ ,काठमान्डौ – विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने वर्तमान कानुनी व्ययवस्था परिवर्तनमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहमत भएको उक्त पार्टीका सांसदहरूले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नगरिकता दिनुपर्ने मतमा नेकपा सांसदहरु सहमत छन् ।

तर विदेशी ज्वाइँलाई नागरिकताबारे चर्को विवाद छ । नेकपाका महिला सांसदहरुले विदेशी बुहारीलाई जस्तै ज्वाइँलाई पनि ७ वर्ष स्थायी बसोबास गरेपछि अंगीकृत नागरिकता दिनुपर्ने मत राखेका छन् तर अरुले विरोध गरेका छन् ।

lekbesi

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा २ वर्षदेखि विवादित रूपमा अड्किएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे समितिमा रहेका पार्टीका सांसदहरूसँगको छलफलमा उक्त संकेत दिएका हुन् ।

प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल गरेपछि समितिमा प्रतिनिधित्व गर्ने आफ्नै पार्टीका सांसादहरूसँग छलफल गरेका प्रधानमन्त्रीले उक्त विधेयक बहुमतबाटै अगाडि बढ्ने संकेत गरेको सहभागी सांसदले बताएका छन् ।

नागरिकता विधेयकबारे धारणा बनाउन नेकपाले भोलि बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ ।