नेकपा सचिवालय बैठक बस्दै घाँडो एमसीसी,

असार ६ ,काठमान्डौ – नेकपा सचिवालय बैठक आज ९ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बोलाईएको छ।

बैठकमा लामो समयबाट विवादितमा रहेको अमेरिकी सहयोग परियोजना (एमसीसी) मा केन्द्रित हुने सांसदहरुले बताएका छन्।

एमसीसी जस्ताको तस्तै पास नगर्न हुन पार्टीले गठन गरेको कार्यदलले सुझाव दिएको छ भने नेकपा पार्टी भित्र एमसीसी पास गर्न नमिल्नेको हाबी छ।

lekbesi

एमसीसीको टुंगो नलाग्दा नेकपा सचिवालय बैठक पटक पटक बोलाउने र स्थगित हुने गरेको छ।

प्रधानमत्री केपी शर्मा ओलीले एमसीसी पास गराउनेमा जोडबल गरेका छन् भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पास गर्ननहुने बताएका छन्।

एमसीसी परियोजना नेपालि कांग्रेस सरकारमा रहेको बेला आएको अनुमोदन हो।

एमसीसीको बुँदामा नेपालको कानुनसंग जुध्ने सम्झौता रहेको हुनाले पास गर्ननहुने नेकपा नेता स्थायी कमिटि सदस्य भिम रावलको दाबि छ।