नेपालमा संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो ,

असार ६ ,काठमान्डौ – नेपालमा थप २४ घन्टामा ३ सय ३१ जनामा कोरोना संक्रमित भेटिएसंगै टोटल संख्या ८ हजार ६ सय ५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समयमा १७६ जना डिस्चार्ज भएको बताए जसमा १५८ जना पुरुष छन् भने १८ जना महिला छन्।

यो संगै हाल सम्म १५ सय ७८ जनाले कोरोना जितेर घर फर्केका छन् जसमा कतिपयलाई पुन : संक्रमण फेला परेको छ।

lekbesi

तेसैगरी कास्कीमा २ जना र नवलपरासीमा १ जना रेड जोनमा परेको पनि मन्त्रालयले जानकारी गरेको छ। अहिलेसम्म कुल ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ ।

यो सँगै अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ ।

हाल सम्म देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् । भने कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।