Gold

५ लाख ध्वस्त घर मध्ये अहिले सम्म १ लाख मात्र पुननिर्माण त्यो पनि निरिक्षन बिना ,,

Naumule Migrate

वैशाख १२, नेपालि हरुको कालो दिन वैशाख १२ गते , यो दिन सम्झिदा सबैको मन दुख्ने मात्र हैन मुटु पोलेर आउछ,। २०७२ वैशाख १२ कै दिन ९ हजार जनाको ज्यान र २२ हजार भन्दा बडी घाईते हुने गरि गयको महामारी भुकम्पले गर्दा नेपालि हरुको मन अहिले सम्म वसमा छैन ।
५ लाख भन्दा बडी निजि घर , साढे २६ सय सरकारी भवन तथा १९ हजार भन्दा बढी विध्यालायाका कक्षा कोठा हरु ध्वस्त भयका थिय ।, हजारौ , लाखौ पशु पेया, मरेका थिय ।, सरकारले पुननिर्माण गर्ने भनि लगेको जिम्मा अहिले सम्म पनि पुरा गर्न सकेको छैन ।, ५ लाख घर मध्ये अहिले सम्म करिब १ लाख घर मात्र पुन निर्माण भयका छन् ।त्यो पनि आगामी दिनमा हुने यस्ता दैविक प्रकोप लाई ध्यान नदियर बनेका घर हरुले झनै समस्या ल्याउन सक्ने विज्ञ हरु बताउछन।

भुकम्प पुननिर्माणका सहपर्वाक्ता भिस्म कुमार भुसालका अनुसार यो घटनाले अझै पनि भुकम्प पिडित हरु उम्किन सकेका छैनन् ।, सरकारले वेवास्ता गरि अहिले सम्म पुननिर्माणको लागि छुट्ययाको रकम समेत उपलब्ध गराउन सकेको छैन ।
करिब ३ बर्ष बिति सक्दा यो घटना सरकार र पीडितले भुली सकेको तर पछि हुने यस्ता घटानाले गर्दा झन् ठुलो जोखिम भोग्न पर्ने विज्ञ हरुको भनाइ छ ।
भुगर्भिक प्रकोप विज्ञ श्री कमल तुबेदी का अनुसार यसको तयारि का लागि विद्यालयको पाठ्यक्रम मा नै यसको विषयवस्तु राखेर अगाडी बढ्ने र अन्तरास्ट्रिय सम्म जना चेतना फैलाउन सके प्रभावकारी हुन सक्ने बताउछन ।

सरकारले शिक्षा मार्फत जनचेतना जगाउन नसकेको मात्र हैन कम्तिमा घर सम्म एम्बुलेन्स पुग्न सक्ने बाटो सुनिस्चित समेत गर्न सकेको छैन ,। दमकलको बेवास्ता , आपतकालीन अबस्तामा बस्न खुल्ला चौर , बैकिल्पिक उपचारको बेवास्ता जस्ता उपायमा तिन बर्षसम्म ध्यान दिन नसकेको विज्ञहरुको भनाई छ। , त्यस्तै भविस्यमा आउन सक्ने भूकम्पीय जोखिमको लागि कुनै ठोस अनुसन्धान हुन नसकेको दुवेदीको चिन्ता छ।

नेपाल भूकम्पीय देशको खतराको सुचिमा परेको छ , यति हुँदा पनि सरकारले अब हुने घर निर्माण , तेस्मा प्रयोग हुने औजारको समेत निरिक्षन हुन सकेको छैन।

Naumule Badhipahiro