अंगीकृत नागरिकता दिने व्यवस्था बहुमतले पारित कांग्रेस जसपा असन्तुस्ट ,

असार ७ ,काठमान्डौ – विदेशी बुहारीले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था नागरिकता विधेयक बहुमतले पास गरेको छ ।

दुई वर्षदेखि संसदमा झमेलामा रहेको नागरिकता विधेयक आइतबार बसेको समितिको बैठकले टुंगो लगाएको हो ।

विदेशी नारीले नेपाली पुरुषसंग विहेगरेर नेपालमा बसेको ७ वर्षपछी मात्र अंगीकृत नागरिकता उपलब्ध गराउने निर्णय पास भएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिए।

lekbesi

त्यसमा पनि निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको वडा कार्यालयले सिफारिस चाहिन्छ भने विदेशी नागरिकता वा सो सरहको राष्ट्रियता जनाउने प्रमाणपत्र नलिएको भए त्यसको प्रमाण वा लिएको भए परित्यागका लागि कारबाही चलाएको प्रमाण पनि पेश गर्नुपर्नेछ ।

तब सम्म उक्त नागरिकलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न ‘स्थायी आवासीय अनुमति पत्र’ दिइनेछ ।

सो अनुमतिपत्रले चलअचल सम्बन्धी आर्जन गर्न, भोग गर्न, बेचविखन गर्न, व्यवसायिक लाभ प्राप्त गर्न र अन्य कारोबार गर्न पाइनेछ भने पेशा र व्यवसाय सञ्चालन गर्न, उद्योग, ब्यापार तथा व्यवसाय सञ्चालन गर्न सकिनेछ ।

नेपालि कांग्रेस र जसपाले भने अहिलेकै जस्तै विवाहगरेर आउनबितिकै अंगीकृत नागरिकता लिन पाउने व्यवस्था हुनुपर्ने मत राखेका छन् ।