अंगिकृत नागरिकता विधेयक पास पार्टीको निर्णयमा मातृकाको विरोध ,

असार ७ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद मातृकाप्रसाद यादवले सरकारले पास गरेको अंगिकृत नागरिकता विधेयक राष्ट्रिय सहमति अनुसार ऐन संशोधन गर्नुपर्ने बताएका छन्।

आइतबार विज्ञप्ति निकाल्दै यादवले मण्डले राष्ट्रवादी चिन्तनबाट मुक्त भएर देशभक्तिको भावनाले ओतपोत भई सहमतिअनुसार नागरिका ऐन संशोधन गर्न आग्रह गरेका हुन्।

नेकपाको शनिबार बसेको बैठकले वैवाहिक अंगिकृत नागरिकता सात वर्षपछि दिन उपर्युक्त हुने निर्णय गरेको थियो।

lekbesi

सांसद यादवले सात वर्षपछि मात्रै अंगिकृत नागरिकता पाउने प्रावधान राख्नुको औचित्य र आवश्यकता नरहेको उल्लेख गरेका छन्।

तेस्तै सरकारको युक्त निर्णयलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादी र नेकपाकै कतिपय सांसदले पनि विरोध गरेका छन्।