नवलपरासी पुर्वमा थप ८ जनामा कोरोना संक्रमण पुस्टि, कुल संख्या १४० पुग्यो ,

नवलपरासी – जिल्लाको बर्दघाट सुस्ता पुर्वमा सोमबार बिहान थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बौदीकाली गाउँपालिकामा थप ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित सबै पुरुष भएको र १९ देखि ५० वर्षका रहेका छन् ,यो संगै जिल्लामा कोभिड १९ बिरामीको संख्या १०४ पुगेको हो।

lekbesi

आजसंक्रमित देखिने नवलपरासी पुर्वका आठ जनानै भारतबाट आएको र उनीहरुलाई थप उपचारका लागी देवचुली १६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा लैजाने तयारी भइरहेको छ ।

त्यस्तै आइतबार नवलपरासी पश्चिममा सुनवल नगरपालिकामा मात्रै २१ जना थपिए संगै जिल्लामा ७३ जना कोरोना संक्रमित पुगेका छन।

रबिन्द्र यादव,नवलपरासी ,