महामारीबाट बचाउन बाख्रालाई पिपिआर भ्याक्सीन,

असार ८ ,तनहुँ – बन्दीपुर गाउँपालिकाका ६ वटै वडामा बाख्रालाई पिपिआर (गोट प्लेग) भ्याक्सिन दिन शुरु गरिएको छ ।

गाँउपालिकामा बाख्रापालन व्यवसाय पछिल्लो समय फष्टाउँदै गएको छ । बाख्रामा महामारी लागेपछि उपचार नहुने भएकाले अग्रिम भ्याक्सिन लगाउन थालिएको हो ।

सुरक्षाको दृष्टिले पनि अग्रिम भ्याक्सिन लगाउन शुरु गरिएको गाउँपालिका पशु सेवा कार्यालयका प्रमुख प्राविधिक मधुविलास न्यौपानेले जानकारी दिए। यो रोग नेपालमा विसं २०५०/०५१ मा देखापरेको थियो ।

lekbesi

तीन महिनामाथिका बाख्रालाई भ्याक्सिन दिनुपर्ने व्यवस्था छ । करीव दश हजार बाख्रालाई भ्याक्सिन दिने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए।

जिल्लाका अन्य पालिकाले पनि बाख्रालाई पिपिआर भ्याक्सिन दिने तयारी भइहेको बताएका छन् । रासस