सुनवलमा थप ५ जना कोरोना भाईरसका बिरामी फेला कुन कँहा पढ्नुहोस , ,

असार,८ नवलपरासी – जिल्लाको (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकामा आज (सोमबार) थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक महिला र चार पुरुष रहेका छन् ।

सुनवल नगरपालिका वडा नं. १ का २६ वर्षिय पुरुष, वडा नम्बर ११ का ४१ वर्षका पुरुष , वडा नम्बर ९ मा २४ वर्षका पुरुष, वडा नम्बर १० मा ३१ वर्षका पुरुष र वडा नम्बर ३ कि ५६ वर्षिय एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरब ढकालले जानकारी दिए ।

संक्रमित सबैको काठमान्डौ स्थीत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गरिएको हो ।यसअघि गत आइतबार मात्रै सुनवलमा एकैपटक २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

lekbesi

यो सँगै सुनवलमा जम्मा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।
यस्तै नवलपरासी पश्चिममा जम्मा कोरोना भाइरस संक्रमितको संख्या ७८ पुगेको छ ।

रविन्द्र यादव नवलपरासी ,