उपचारमा खटिएका प्रदेश अस्पताल सुर्खेतका ५ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ ,
असार ८ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण देखिएको हो।
गत जेठ ३१ र ३२ गते देखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा राखिएका ४२ जनामध्ये ५ जनालाई कोरोना संक्रमण देखिएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रदेश अस्पतालको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टसहित चारजना र एकजना एक्सरेमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको हो।
अहिले सबैलाई प्रदेश अस्पतालको आइसोलेसनमा राखेर उपचार भईरहेको छ।
स्वास्थ्यकर्मीलाईनै कोरोना संक्रमण देखिएर क्वारेईनटाईन र अईसोलेसनमा उपचार भईरहेको हुँदा अस्पतालको सेवा अवरुद्दहुने समेत देखिन्छ।
यसैपनि सुर्खेत प्रदेश अस्पतालले कर्मचारी अभाव झेलिरहेको छ। खासगरी दैलेखबाट आएका अन्य सामान्य बिरामीलाई परिक्षन गर्दापनि कोरोना फेलापरेपछि अस्पतालको सेवा अवरुद्ध हुने सम्भावना देखिएको पौडेलले जानकारी गराए ।