कमेडीले भरिपुर्ण चलचित्र ,डमरु को डन्डिबियो, वैशाख २१ बाट हलमा ,,

वैशाख १२ ,, काठमाडौं – नेपाली चलचित्र डमरु को डन्डिबियो वैशाख २१ गते देखि हलमा लाग्ने भयको छ ।, कुनै पनि चलचित्रले माया प्रेम र अन्य कथालाई समेटेपनि खेलकुदका विषय लाई त्यति उठायाको देखिदैन । लोकप्रिय खेल र स्टार खेलाडीको कथा केही मात्रामा आएका छन् । यही परिवेशमा अभिनेता खगेन्द्र लामिछानेले लोप हुन लागेको नेपाली मौलिक खेल डन्डिबियोमाथि कथा तयार पारेक छन् । दर्शकले २१ वैशाखमा हलमा हेर्न पौने भयका छन् ।

चलचित्रको मुख्य कलाकारमा खगेन्द्र लामिछाने , मेनुका प्रधान, बुद्धि तामाङ, लक्ष्मी बर्देवा र अशान्त शर्माको अभिनय छ । चलचित्र कमेडी ले भरिपुर्ण छ , करिब एक करोड पचास लाखमा निर्माण गरियको चलचित्रमा टलकजंग भर्सेस टुल्के र पशुपतिप्रसादबाट ठूलो फ्यान फलोइङ बटुलेका लामिछाने यो फिल्मले पनि सफलता पाउनेमा विश्वस्त छन् । चलचित्रका अर्का कलाकार अनुप बरालले डन्डिबियो बाल्यकालमा धेरै खेलेको सम्झिए ।

चलचित्र निर्देशक चेतन गुरुङले जानकारी दिए अनुसार फिल्म फरक विषयवस्तुमा बनेकाले यसका गीतले बाल्यकालको याद दिलाएको धेरैको प्रतिक्रिया छ ।