पाल्पामा पहिरोले ४ वटा गाडी बगायो, दुई जनाको शव फेला थप जानकारी आउदै ,,

असार ८ ,काठमान्डौ – पाल्पामा पहिरोले ४ वटा सवारीसाधन पुरेको छ। बुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ सवारी साधन तानसेन नगरपालिका-११ स्थित सम्मोबासाधन पहिरोमा पुरिएका हुन् ।

अवरूद्ध सडकमा सवारी साधन रोकेर पहिरो हटाइरहेका बेला सोमबार दिउँसो अचानक सवारी साधन रोकिएकै स्थानबाट पहिरो खस्दा एक ट्रक, एक ट्यांकर, एक कार र एक मोटरसाइकल पुरिएको हो।

घटनामा दुई जनाको शव फेलापरेको छ के कति क्षति भयो भन्नेबारे थप जानकारी आउने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भने।

lekbesi

घटनाका प्रतक्षदर्शिका अनुसार ट्यांकर ३०० मिटर तल खोंचमा पुगेको छ भने ट्रक २० मिटर तल पुरिएको अवस्थामा छ कार र मोटरसाइकले माटोले पुरिएका छन्।