किन बढिरहेको छ सुनको भाउ हालसम्मकै उच्च तोलाको ९१ हजार पुग्यो ,

असार ८ ,काठमान्डौ – लकडाउनको बेलापनि सुनको मूल्य किन यसरि बढेको छ भनें सबैको प्रश्न हो।

घरेलु बजारमा सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ ,यो हाल सम्मकै उच्च हो ।

विश्वबजारमा सुनको मूल्य बढे पछि नेपाली बजारमा पनि सुनको भाउ बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

lekbesi

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२.८० अमेरिकी डलर पुगेको छ ।यस्तै, अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस १७.८८ डलर पुगेको छ । मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । आउँदा दिनमा पनि सुनको भाऊ अझै बढ्नसक्ने संघले बताएको छ।