गुर्भाकोट २ मलारानीका किसानलाई सांसद ठमर बिष्टको पहलमा हाते ट्याक्टर वितरण ,

असार ९ ,सुर्खेत – गुर्भाकोट २ मलारानीका किसानलाई प्रदेश सांसद ठमर बिष्टको पहलमा हाते ट्याक्टर वितरण गरिएको छ।

मालारानीको ओर्दीका ५ जना किसान र फुलफुलेका ५ किसानलाई ट्याक्टर उपलब्ध गराईएको हो।

प्रदेश सरकार र स्थानीय किसानको ५० प्रतिशत उपलब्ध हुनेगरी ठमर बिष्टले पहलगरि ट्याक्टर उपलब्ध गराईएको नेकपा नगरकमिटि सदस्य समाजसेवी खिम पाण्डेले बताए।

lekbesi

असार लागेसंगै किसान धान खेतीमा ब्यस्त हुन्छन प्रविधिको आगमनसंगै हातेट्याक्टर उपलब्ध भएपछि किसानहरु हर्षित भएका छन्।

पहिलोपटक १० जना किसानलाई ट्याक्टर उपलब्ध गरिएको र विस्तारै अन्य किसानलाई पनि उपलब्ध गराईने जानकारी खिम पान्डेले जानकारी दिए।