एअर इण्डियाका जहाजलाई अमेरिकामा प्रतिबन्ध,

साउन ९ ,काठमान्डौ – अमेरिकाले एअर इण्डियाका जहाजको चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको छ ।

एअर इण्डियाले हवाई उडानसम्बन्धी अमेरिकी कानुन उल्लङ्घन गरेकाेले अमेरिकाले प्रतिबन्ध लगाइएको ‘द हिन्दू’ ले जनाएको छ ।

एअर इण्डियाले चार्टर्ड उडान भनेर अनुमति लिने र यात्रुसँग टिकट काटेर उडान गरेपछि प्रतिबन्ध लगाइएको अमेरिकाको यातायात विभागले जनाएको छ ।

अमेरिकाले अगाडी भनेको छ ,एअर इण्डियाकाे कार्य विभेदकारी र अपारदर्शी हो यसले अमेरिकामा हवाई कानुनको गम्भीर उल्लङ्घन भएको छ ।

एअर इण्डियाले गरेको अपारदर्शी कार्यले दुई देशबीचको हवाई सम्झौताको पनि उल्लङ्घन भएको अमेरिकाले जनाएको ‘टाइम्स अफ् इण्डिया’ ले लेखेकाे छ ।

अब एअर इण्डियाले अमेरिकामा उडानको लागि फेरि त्यहाँको विभागसँग अनुमति माग्नुपर्नेछ ।

भारतले अहिले आफ्ना नागरिकलाई मे ६ तारिखदेखि विभिन्न देशबाट उदार गरिरहेको छ। भारतले अमेरिकाबाट १८ जुनमा आफ्ना नागरिक उद्धार गर्न सुरु गरेको थियो। एजेनसि ,