बुटवलमा ३ सय ११ घर डोजर लगायर भत्काईयो ,,

वैशाख,१२ बुटवल – सडक अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काउन बुटवलमा डोजर लगायर ३ सय ११ घर भत्काईयको छ उक्त कामले गर्दा प्रदेशसभा ५ को बैठकसमेत प्रभावित भयो । प्रदेश्सभामा बोल्ने सांसदहरुले बैठक बाट बोल्दै डोजर नचलाउन समेत आग्रह गरे तर निरन्तर घर ध्वस्त पार्ने काम भैरह्यो ।

प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै रुपन्देहीबाट निर्वाचित प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवलको सडक किनारका घर भत्काउन डोजर चलाउदा स्थानीय आकंकित भएको बताए ।उनले तत्काल डोजर रोक्न माग गरे । श्रेष्ठले नारायणघाटमा मुख्य सडकको वैकल्पिक व्यवस्था गरिए जस्तै बुटवलमा पनि त्यस्तो व्यवस्था गर्न आग्रह गरे ।
बुटवलका स्थानीयसमेत रहेका सांसद श्रेष्ठले बुटवलको सडक किनारको घर भत्काउदा बजार क्षेत्र नै कुरुप बन्ने दाबी गरे ।श्रेष्ठले सांसदमा चर्काे भाषण गरिरहदा सडक विस्तारको जिम्मेवारी पाएको बुटवल बेलहिया व्यापारिक सडक विस्तार आयोजनाले डोजर लगाएर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मका घर भत्काइरहेको थियो ।
