काठमान्डौ आउदै हुनुहुन्छ यस्तो छ नियम ,

असार १० ,काठमान्डौ – राजधानी भित्रिने कुनैपनि व्यक्तिले १४ दिन क्वारेईनटाईनमा बस्नपर्ने छ।

उनीहरुले १४ दिन क्वारेईनटाईनमा बसेर मात्र कोरोन अपरिक्षन गर्न पाउने सरकारले बताएको छ।

राजधानीको एक मात्र कोरोन परिक्षण सेन्टर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना परिक्षन गराउनेको चाप दैनिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेले अनिवार्य १४ दिन क्वारिन्टिनमा बस्नुपर्ने र त्यसपछि लक्षण देखिएमात्रै परीक्षणमा आउने गरी नयाँ व्यवस्था लागू गरेको हो ।

lekbesi

तेस्तै स्वास्थ्य मन्त्रलयको आदेश कडाईका साथ् पालाना गर्न गृह मन्त्रालयले उपत्यकास्थित तीनवटै प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

तेस्रो भारतबाहेक तेस्रो मुलुकबाट आउनेलाई भने राजधानीमा होल्डिङ सेन्टरमा राखेर सम्बन्धित प्रदेश हुँदै जिल्लामा पठाइने छ।

सरकारले असार १ गते देखि खाद्यान पसल अतिआवस्यकका पसल खोल्ने र यातायातमा जोर विजोर लागु गरेदेखि राजधानीमा जाम देखिने गरेको छ भने दैनिक जस्तो संक्रमित फेलापर्ने गरेका छन्।

बाहिरबाट आउने र परिक्षन गर्न आउनेको चाप बढेपछि त्यसलाई मध्यनजर गरेर मंगलबार स्वास्थ्य मन्त्रालयको सिफारिसमा गृहले १४ दिन अनिवार्य होम क्वारिन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले परिपत्र गरेको बताए ।