नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी यस्ता छन् एजेण्डा,

असार १० ,काठमान्डौ – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि जारी छ ।

बुधबार बैठक बस्नु अघि अध्यक्षद्वय र महासचिव बिष्णु पौडेलले छलफलका ५ एजेन्डा तय गरेका थिए।

बैठकमा विगतमा जस्तो लिखित प्रतिवेदन भने प्रस्तुत हुन सकेन । बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य, सरकारका कामको समीक्षा, सीमा समस्या र समाधान, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध गरी एजेण्डा तय भएका छन् ।

lekbesi

आजको पहिलो बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले आ आफ्ना धारणा राखेर बैठक सकिने छ अन्य सदस्यलाई बोल्ने मौका भोलि बिहिबार दिईने नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठले बताए।