भाईबर ईमोमा पुरस्कार पर्यो भनेर करोडौ रकम असुली ७ जना नियन्त्रणमा,

असार ११ ,काठमान्डौ – आज भोलि सामाजिक संजालको दुरुपयोग मात्र हैन ठगि गर्ने गिरोह पनि सक्रिय देखिन्छ।

सोसल मिडिया भाईबर ,ह्वाट्सप ,ईमो लगायतबाट लट्री परेको छ भन्दै करोडौ ठगि गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

समुहले सरकारका उच्चपदस्थका व्याक्ति सर्वसाधारण समेतलाई प्रलोभन पारि करोडौ रकम असुलेको प्रहरीमा खुल्न आएको छ।

lekbesi

यो गिरोहमा भारतीय नागरिकपनि सामेल छन्,पिडितले लट्री लिनलाई आफ्नो घर जग्गा धितो राखेर पैसा दिएको खुल्न आएको प्रहरीले जनाएको हो।

उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट ४० लाख रकमसहित फेलापारेर आवस्यक अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर, काठमाण्डौमा पठाएको शाखाको टोलीले जानकारी दिएको छ।

झापाका पुकार बर्मा हाल काठमान्डौ कोहिटि बस्ने २४ वर्ष ,काभ्रेका नविन भण्डारी हाल काठमान्डौ टेकु,रौतहटका आकास अग्रवाल हाल काठमान्डौ छाउनी,भारत बिहारका एमडि सर्फाराज काठमान्डौ टंकेश्वर ,एस अग्रवाल रौतहट ,हाल काठमान्डौ छाउनी ,पर्साको कृष्ण प्रसाद शाह ,पर्साकै सुनिल शाहलाई प्रहरीले नियन्त्रणमा लिईएको र अन्यको खोजि भईरहेको महानगरीय अपराध महाशाखा टेकुले जानकारी दिएको हो।