नवलपरासी पश्चिमको झरही खोलामा डुबेर एक जनाको निधन ,

असार ११ ,नवलपरासी पश्चिम -जिल्लाको पाल्हीनन्दनमा झरही खाेलामा डुवेर एक जनाकाे निधन भएको छ।

जिल्ला प्रहरी नवलपरासी पश्चिमले दिएकाे जानकारी अनुसार पाल्हीनन्दन ३ कुश्मा स्थीत झरही खाेलामा गुड्डु भनिने १६ वर्षिय माेहमद हसिम मन्सुरी काे ज्यान गएको हाे ।

बुधबार दिउसाेमा खोलामा डुबेको जानकारी पाएपछि मन्सुरीकाे प्रहरी र स्थानीयले खाेजी गर्ने क्रममा अाधा घण्टा पछि शव फेला परेकाे थियाे ।

lekbesi

किशाेरको शव पृथ्वी चन्द्र अस्पताल परासीमा पाेस्टमार्टम गरि अाज बिहान परिवारजनलाई बुझाइसकेको नवलपरासी पश्चिम जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

रविन्द्र यादव नवाल्पारसी पश्चिम ,