क्वारेईनटाईनबाट ओढ्ने ओछ्याउने ,भाडा चोरी गरेर फरार ,

असार १२ ,बाजुरा – क्वारेईनटाईनबाट ओढ्ने ओछ्याउने देखि भाडा ,कुडा चोरी भएको छ।

बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको हो ।

क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउने बेड बिस्तार देखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए ।

lekbesi

क्वारेन्टिनको ढोका फोडेरभित्र रहेका सम्पूर्ण सामग्री चोरी भएको थापाले जानकारी दिए । बस्नेका लागि खरिद गरिएका र यसअघि बस्नेले प्रयोग गरेका गद्दा ३६ थान, तन्ना चार थान, सिरक २६ थान र पिफर्म तीन वटा चोरी भएको छ ।

क्वारेन्टिनबाट कचौरा ३४ थान, थाल ३४ थान, गिलास ३७ थान, चम्चा ३९ थान, कुकुर पाँच लिटर एक थान, फराइबीन दुई थान कराइ एक थान, पुन्यूउ एक थान चोरी भएको छ । क्वारेन्टिनबाट सबै घर गएपछि असार ५ गते देखि क्वारेन्टिन खाली रहेको थियो।

यस्तै क्वारेन्टिनमाचोरी गरेको थाह पाएलगत्तै प्रहरी प्रतिवेदन तयारी पारेर खोजी कार्य थालिएको नगरपालिकाले बताएको छ ।