थप ५९३ जना संक्रमित थपिए,

सार १२ ,काठमान्डौ – २४ घन्टामा थप शुक्रबार ५९३ जनामा कोभिड संक्रमणका बिरामी थपिएका छन्।

स्वास्थ्य तथा मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले यो संगै संक्रमितको संख्या ११ हजार ७५५ पुगेको जनाए ।

संक्रमित हुनेमा मोरङका २ जना, गुल्मीका १२ जना,झापाका ४ जना, सुनसरीका १० जना, धनुषाका १५ जना, महोत्तरीका ४ जना, सिरहाका ६ जना, अछामका १ जना, बैतडीका २५ जना, बझाङका ९ जना, बाजुराका २७ जना, बाराका २ जना, दार्चुलाका ३ जना, डोटीका ४६ जना, गोरखाका ५ जना, कैलालीका ३१ जना, कञ्चनपुरका ४२ जना, कपिलवस्तुका २१ जना, रौटहटका ५१ जना ,कास्कीका २ जना, लमजुङका ६ जना, बागलुङका १ जना, तनहुँका २ जना, छन् ।

lekbesi

त्यस्तै सल्यानका ४ जना, गोरखाका १ जना, नवलपरासी पूर्वका २३ जना, नुवाकोटका १ जना, काठमाडौंका ३ जना, चितवनका १२ जना,  सिन्धुलीका ६ जना, स्याङ्जाका १ जना, अर्घाखाँचीका ३ जना, गुल्मीका १३ जान, पाल्पाका ७६ जना, नवलपरासीका १ जना, रुपन्देहीका ६ जना, दाङका ७५ जना, प्युठानका २० जना, दैलेखका ५ जना, जाजरकोटका २ जना, मुगुका १ जना, सुर्खेतका १२ जना र जुम्लाका ३ जना रहेका छन् ।

तेस्तै आज थपिने नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेका छन् । आज थप ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले जानकारी दिए ।

योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ ।