‘फरार’ डिएसपीलार्इ पक्रन सर्कुलर जारीभए लगतै सम्पर्कमा ,,
वैशाख १३ , साढे ३३ केजी सुन प्रकरण छानबिन गर्दा ‘फरार’ डिएसपीलार्इ पक्रन सर्कुलर जारीभए भयपछि सम्पर्कमा आयका छन्। , उनलाई मंगलबार गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करीको बारेमा छानबिन गर्दा फरार भयका थिय।
डिएसपी) सञ्जय राउतलाई पक्रन सर्कुलर काटे पछी बुधबार साँझ सम्पर्कमा आयका हुन् ।मंगलबार राउतसहित प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको समितिले बयान लिएको थियो । इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत् राउत भने बयानकै बीच गृहबाट निस्किएका थिए । लगत्तै, उनी समितिबाट सम्पर्कबिहीन बने भए ।
आइतबार पूर्व डिआईजी गोविन्द निरौलालाई समितिले बयान लिएलगत्तै पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिएको थियो । सोही डरले राउत भागेको बताइन्छ ।राउतको साढे ३३ केजी सुनका मालिक भनिएका चुडामणि उप्रेती गोरेसँग राम्रो सम्बन्ध भएको बताइएको छ ।
गत माघ ७ गते यूएईबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सुन झरे पछि सम्बन्धित ठाँउमा नपुगी गायप भयको थियो ।सुन खोज्दा भरिया सनम शाक्य लाई टचर दियर हत्या गरियको थियो ।
सुन विबादमा परि अहिले सम्म दुई जनाको ज्यान गयको छ ,।घटनामा संलग्न अहिले सम्म २२ जना पक्राउ परेका छन्, भने २१ जना फरार र ३८ जनाको सम्पति रोक्का गरियको छ ।
घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका थिए ।