कर्णालीमा संक्रमितको संख्या १४ सय नाघ्यो दैलेखबाट आज २१ जना भागे,

असार १२ ,काठमान्डौ – कर्णाली प्रदेशमा आज थप २६ जनामा कोभिड पुस्टि भएको छ ,यो संगै कर्णालीमा १४ सय ३३ संक्रमित रहेको सामाजिक विकास मन्त्रालय प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १२, दैलेखका पाँच , सल्यानका तीन, जाजरकोटका दुई र मुगुका एक जनामा कोरोना सङ्क्रमण पाइएकाे छ ।

तेस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक र जुम्लामा रहेका काठमाण्डौ र सुर्खेतका एक/एक जनामा कोरोना सङ्क्रमण देखिएको महाशाखाले जानकारी दिएको हो ।

lekbesi

तेस्तै हालस अम्म कर्णालीमा डिस्चार्ज हुनेको संख्या सात सय बिस पुगेको छ ,तेस्तै कर्णालीको समुदायमा कोरोना फैलीएको छ।

यसैगरी कर्णाली दैलेखको नौमुले गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका २१ जना बसेका कोरोना संक्रमितहरु भागेका छन् ।