आयो कोरोना मार्ने रिमुभ कार्ड ,

असार १२ ,काठमान्डौ – केहि दिनयता संसद र संसदीय बैठकमा सांसदहरूले भाइरस रिमुभिङ कार्ड’ लेखिएको निलो कार्ड घाटीमा भिरेर सिंहदरबार र बानेश्वरको संसद पस्ने गरेका छन् त्यो देख्दा सबै दङ्ग समेत परे।

कसैले त सांसदलाई ईण्ट्रिगर्ने कार्ड होकी जस्तो माने ,तर यो कार्ड कोरोना भगाउने भनेर लगाईएको बताईएको छ ।,

यो कार्ड लगाए माक्स समेत लगाउन नपर्ने बताईएको छ ,सत्त्पक्षका नेकपा नेताहरुमा सबैले यो कार्ड भिरेको देखिन्छ।

lekbesi

नेकपा सांसद मोहन बानियाँले संसद भवन अगाडि उक्त कार्ड किनेको बताए । कार्डबारे आफूले सुनेको आधारमा भने,यो कार्ड चीनबाट आएको हो संसद भवनको अगाडि बेच्न ल्याएको थियो ।

बेच्ने व्यक्तिले मच्छर धुपले १ मिटरको आसपासमा मच्छर भगाएजस्तो गरी यो कार्डले कोरोना भगाउँछ भन्यो ।

एउटा कार्डको ६५० रुपैयाँ तिरेर किनिएको हो, यो कार्ड नेकपा अध्यक्ष प्रचण्ड ,झलनाथ खनाल, ईश्वर पोखरेल,माधव नेपाल लगायतले भिरेका छन्।

नेकपा सांसद मुकुन्द न्यौपाने शुक्रबार बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठकमा यो कार्ड भिरेर सहभागी भएका थिए । कार्डबारे उनले भने, ‘केटाकेटी हुँदा धामीले एउटा जन्तर लगाइदिन्थे ।

बोक्सी लाग्दैन, भूतप्रेत लाग्दैन भनेर गलामा झुन्ड्याइदिन्थे । अहिले कोरोना जन्तर लगाइदिए । माधव नेपालले ल्याउनुभएको हो ।

डाक्टरहरूले दिएको भन्ने छ । जापानमा पनि धेरैले लागएर हिँड्छन् रे । घाममा नदेखाउनु भन्ने नियम रहेछ । अरुले लगाएको देखेपछि मैले मागेँ, दिनुभयो ।

यो कार्ड चीनका विद्यालयहरुमा अनिवार्य गरिएको समेत उनले बताए ,कोरोना जन्तरको नाम ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ हो ।

नेकपा सांसदहरुमा कोरोना भगाउने कार्ड भनेपनि चिनियाँ समाचार संस्था सीजीटीएनमा प्रकाशित समचारहरु यसको प्रयोग कतिपय अवस्थामा निकै हानिकारक हुन सक्ने बताउछन ।

विशेषज्ञहरूका अनुसार छोटो समयमा नै जीवाणुमुक्त गर्न उच्च मात्रामा क्लोरिन डाइअक्साइडको प्रयोग गर्दा श्वासप्रश्वासमा असर पर्न सक्छ ।

साथै यो कार्ड कारणबस फुट्यो भने क्लोराइट निस्किन्छ, जुन मानिसको छालामा पर्‍यो भने जल्न सक्छ । अन्य देश जापान अमेरिकामा पनि यो कार्ड प्रयोग नगर्न सुझाव दिईएको छ।