नेपालमा पनि भित्रियो सलह अन्नबाली सखाप ,

असार १३ ,काठमान्डौ – नेपालमा पनि सलह भित्रिएको छ ,शनिबार तराईका जिल्ला सर्लाही, बारा र पर्सामा सहल भेटिएको छ ।

यो किराले बालीको कुरा बोत्नै खाने गर्छ जसले अन्नबाली सखाप पारि किसानलाई भोकमारी निम्त्याउने समेत देखिन्छ।

यो यौटा फट्यांग्रा जातको किरा हो यो भन्दा अगाडी भारतको बिहारमा देखिएको किरा नेपालमा पनि फेला पर्ने गरेको छ।

lekbesi

केहि दिन अगाडी भारतको गोरखपुरमा अपनी यो किरा फेलापरेको वैज्ञानिक बताउछन। अहिले बारा,पर्सामा पुगेर कृषि वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन्।

,अहिले नेपालमा देखिएको सलह भने वयस्क नभएको नेपाल कृषि अनुसन्धान परिषद्का कीट वैज्ञानिक सुनिल अर्यालले जानकारी गरे।

दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल प्रवेश गरेको भने उनले बताए । सर्लाहीमा भने यो किरा अहिले धेरै मात्रामा देखिएको बताईएको छ।

बाराको निजगढ र सिमारामा पनि बिहान सलह किरा आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

दुवै जिल्लामा प्राविधिकसहितको टोली परिचालन भइसकेको प्रवक्ता मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए ।