सलह गाँउमा पुग्यो स्टिलको थाल बजाउन र धुँवाको जगाउन आग्रह ,

असार १३ ,काठमान्डौ – सलह एकै दिन तराईबाट हावाको बेगसंगै पहाडमा पुगेको छ।

शनिबार बिहान बाराको निजगढ,रतनपुर क्षेत्रमा ,रौतहट ,सर्लाहीमा देखिएको सलह अहिले वुटवलमा पनि देखिन थालेको छ भने पाल्पामा समेत पुगेको हो।

यो यौटा फट्यांग्रा किरा हो खासमा यसको क्रियाकलाप देखेर विज्ञहरुनै अचम्म परेका छन् ,यो अहिले नेपालमा नदेखिनु पर्ने हो तर तराई हुँदै पहाडसम्म पुगन सुरु गरेको छ।

lekbesi

अहिले यो किरा नेपालमा एक ठाँउमा हैन सानो सानो किराहरु विभिनन क्षेत्रमा फैलिसकेको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा गठित टास्क फोर्सको शनिबार बसेको बैठकले नेपालमा देखिएको सलह मरुभूमि सलह भएको निर्क्योल गरेको छ ।

यो किराले अन्नबालीको बोटमा अबसने गरेको र बोत्नै सखाप पार्ने गरेपछि समुदायमा भोकमारी निम्त्याउने समेत देखिन्छ।

यो सलह यो भन्दा अगाडी भारत र पाकिस्तानका विभिन्न क्षेत्रमा देखिने गरेको थियो। यो किरा अहिले नेपालका विभिनन जिल्लमा पुगेको हुनाले एक स्थानमा नबस्ने समेत कृषि विज्ञहरुको अनुमान छ।

मौसमी वेगले सलहलाई उडाएर नेपालमा ल्याएको हुनाले यो तेती नेपालमा नबस्ने र नेपालमा तेती क्षति गर्नसक्ने कीट वैज्ञानिकहरु बताउछन।

यसले नेपालमा क्षति गर्न नसक्ने र क्षति गर्नको लागि बच्चा जन्माउनु पर्ने तेस्को लागि मरभुमीनै आवस्यक हुनुपर्ने पाकिस्तान, भारतलगायत एफएओका प्रतिनिधीले बताए।

नेपालमा आएको किराको झुण्डले तेती क्षति गर्दैन ,भारत पाकिस्तानमा देखिएको जस्तो झुण्ड छैन अन्न बालीलाई नोक्सान गर्दैन तर नोक्सान गर्दै भनेर भनेर ढुक्क भएर बस्ने अवस्थापनि छैन विज्ञहरु बताउछन।

अहिले नेपालमा मकैबालि धानबालिको खेति भईरहेको हुनाले र यो सलह थप बढयो भने क्षति गर्न सक्छ तेसैले घर वरिपरि सलह देखिए विज्ञहरुले स्टिलको भाँडा बजाएर भगाउन विकल्प दिएका छन् ।

त्यस्तै धुँवाको सहयोगमा पनि सलहलाई भगाउन सकिने विज्ञहरुको सुझाव छ । अहिले सलह एकै स्थानमा छैन ।

विषादी छर्कन पनि मुश्किल छ ,स्थानिय स्तरमा बढ्ने देखियोभने विषादी छर्कने वा विभिनन जिल्लामा स्थान फेरिरहेको सलहलाई आकासबाट हेलिकोप्टर वा ड्रोंनको सहयाताले विषादी छर्कनसक्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।