सबैभन्दा बढी नवलपरासी पश्चिममा सलह देखियो किसान चिन्तामा ,

असार १४ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिममा पनि सलह किरा भेटिएका छन् । जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर २ सुखौरामा सलह किराले प्रवेश गरेको स्थानीयले बताएका छन् ।

अहिले सुखौरा क्षेत्रमा रहेको रहर खेती संगै मकैबाली र रुखहरुमा सलह किरा बसिसकेका छन । एकाएक सलह किरा आए खेतीमा बसेपछि सुखौरा क्षेत्रका किसानहरु चिन्तित बनेका छन् ।

करिव ४ बजेको समयमा सुखौरा माथीको आकासमा सलह किरा देखिएको र लगत्तै त्यस क्षेत्रका रुखहरु संगै रहर र मकै बालीमा सलह बसेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले जानकारी दिए ।

lekbesi

सलह दक्षिण तिरबाट प्रवेश गरेको शर्माले बताए । नवलपरासी पश्चिम पनि भारत संग जोडिएको जिल्ला भएकोले पनि भारतबाटै किरा प्रवेश गरेको हुन सक्ने जनाइएको छ ।

सुखौरा बर्दघाट नगरपालिकाको चुरे पहाडि क्षेत्र हो । जिल्लाको आकासमा यतिखेर सलह किराहरु उडेको प्रष्ट देख्न सकिन्छ ।

यो संगै नवलपरासीमा सलहको चपेटामा पर्ने देखिएको छ । छिमेकी जिल्ला रुपन्देहीमा पनि सलह किरा देखापरिसकेको छ । किसानहरुले दुःख गरेर लगाएको बाली किराले नष्ट गर्ने भएपछि स्थानियहरु निकै चिन्तित भएका छन् ।

सहल किरालाई नियन्त्रणमा ल्याउन अाक्समिक बर्दघाट नगरपालिकाले प्राविधिक सहितको टोली संग बैठक बस्ने तयारी भइरहेको मेयर शर्माले जानकारी दिए ।

रबिन्द्र यादव
नवलपरासी पश्चिम,