नवलपरासीमाको क्वारेन्टाईनमा रहेका ४५ बर्षिया एक पुरुषको निधन ,

असार १४ ,नवलपरासी पश्चिम – जिल्लाको बर्दघाट नगरपालिका २ चिसापानीको क्वारेन्टाईनमा रहेका एक ४५ बर्षिया पुरुषको गएरति निधन भएको छ ।

राती करिव २ बजेको समयमा उनको अवस्था गम्भिर भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो।

उपचारकै क्रममा उनको विहान ५ बजेको समयमा निधन भएको बर्दघाट नगगगरपालिका मेयर धिरज शर्मा बस्यालले जानकारी दिए ।

lekbesi

बर्दघाट २ चिसापानीकै ति पुरुष यहि असार १२ गते मात्र भारतको मुम्बईबाट आएर चिसापानी दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका थिए ।

उनी पहिल्यै देखि ब्लेड प्रेसर र मुटुको विरामी समेत भएको शर्माले बताए । उनमा कोरोना भएको वा नभएको बारेमा भने पिसिआर परिक्षणका स्वाव संकलन गर्ने प्रकृयामा रहेको बर्दघाट नगरपालिकाले जनाएको छ ।

रबिन्द्र यादव
नवलपरासी पश्चिम,