तीज गितमा यति त हुनै पर्छ,

असार १४ ,काठमान्डौ – प्रतेक वर्ष जस्तै नेपाली हिन्दु नारीहरुको हरितालिका तीज पर्वमा कलाकारले तीजका गित बजारमा पठाउने गर्दछन।

यो वर्षको तीजको लागि पनि कलाकारले गित बजारमा पठाउना सुरु गरेका छन्। भाद्र महिनामा पर्ने तीजको लागि असार महिनामा सबै भन्दा पहिले कसले गीत पठाउने भन्नेपनि लहर चल्छ।

कतिपयले भने अघिल्लो वर्षनै तिजका गित रेकर्ड र भिडियो गरेर राख्ने गर्दछन।हुन त कलाकारहरुले समयलाई हेरेर गित प्रस्तुत गर्ने गरेका हुन्छन तर पनि चलेका चर्चित गायक गायिकाहरुलाई पनि आफ्नै मनको पिडा छ।

lekbesi

पछिल्लो समयमा युटुबरले साना साना बालबालिकाको विभिन्न क्षेत्रमा पुगेर उनीहरुको कला प्रस्तुत गर्ने गरेका छन् ,अन्तर्वार्ता हुँदै उनीहरुपनि आज आएर गायक गायिका बनेका छन्।

उनीहरुले गीत बजारमा अल्यायो भने ट्रेनडिङ्गमा अपरने गर्दछन। ३ दिन अगाडी मात्र रिलिज गरिएको तीज गित फरिया लरीलै बरिलैको गितले अहिले बजारमा चर्चा कमाउन थालेको छ।

यो गितमा कलाकार प्रिती आले भल्गर अवस्थामा देखिएकि छिन ,गितको लय शब्द चर्चित गायक संगीतकार एक नारायण भण्डारीले गरेका हुन्।

गितलाई भल्गर अवस्थामा भिडियो निर्माण गरेपनि यसले दर्शकको राम्रो साथ् पाएको छ ,दर्शकले यो गितलाई समय अनुसार यति हुनुपर्ने प्रतिक्रिया दिएका छन्।

गत वर्षको तीज गीत दुर्गेश थापाको बिच्च बिच्चमामा बियर ,गाँजाको कुराले विवादमा परेपछि हटाईएर पुन : सुधारेर अपलोड गरिएको थियो।