मलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो तर असम्भव छ ओली ,

असार १४ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाउन खोजिएको बताएका छन्।
मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले आफ्नो भुमि समेटेर नक्सा जारि गर्दा आफुलाई हटाउन होटेलमा अविभिन्न गतिविधि भएको र दुतावास समेत सक्रिय भएको जानकारी गराएका छन्।
नेपालको भुमिलाई समेटेर नक्सा जारि गर्दा आफुलाई हटाउन खोजियो तर त्यो असम्भव भएको र आफु अहिलेलाई मात्र नभई भोलिको लागि पनि प्रधानमन्त्री रहेको बताएका छन्।

अहिले केपी ओलीलाई हटाउनु पर्छ भन्दै खुल्ला दौडधुप चलिरहेको छ ,मैले नेपालि भुमि समेटेर नक्सा छापेकोमा मलाई अपराध भनेका छन् ,।
नक्सालाई लिएर प्रधानमन्त्री हटाउने षड्यन्त्र गर्नुभनेको असम्भव हो राष्ट्रियता कमजोर छैन यदि म भएन भने भोलि राष्ट्रियताको लागि बोल्ने कोहि पनि हुन्दैन आफ्नो पालामा नेपाली भुमि फिर्ता गरेरै छोड्छु उनले भने ।
१६४ वर्ष उपभोग गरेको जमिन ५८ वर्ष पहिले खोसीएको र जसलाई आफुले फिर्ता गरेरै छोड्ने प्रधानमन्त्री ओलीले भने।
ओलीले अगाडी भने प्रधानमन्त्रीको पदमा बस्न कसैलाई रहर होइन तर नक्साको विषयलाई लिएर गुट उपगुट गर्ने हो भने त्यो असम्भव छ ।

आफ्ना लागि होइन देशका लागि आजका लागि होइन भोलिका लागि म प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ उनले भने ।
प्रधानमन्त्री ओलीले नेपाल दुई देशको तरुल नभई स्वतन्त्र र सार्वभौम राष्ट्र भएको कसैको अधीनम नबस्ने बताए। प्रधानमन्त्री ओलीले नेकपा र संसदीय दल पनि कसैको बहकावमा नकुद्ने समेत बताए ।
नेपालले नासका जारि गर्दा भारतका मिडियामा तपाई सबैले देखेकै कुरा हो मैले भनि राख्न पर्दैन भारतको राज्यसंथा कसरि सक्रिय देखिएको छ तर नक्सा ख्याल ख्यालैमा छापीएको हैन।
तेस्तै ओलीले स्वर्गीय मदन भण्डारीको विचारले नै नेपाली समाजलाई परिवर्तन गरेर यहाँसम्म ल्याउन सकिएकोमा खुसी ब्यक्त गरे।
मदन भण्डारीका थुप्रै योगदान रहेकोले चर्चा गर्न नसकिने उनको आयाम ,सफलता ,योगदान विचार बलिदानको चर्चा गरेर सकिदैन ।
मदन भण्डारी साईकिलमा हिडे भन्दैमा उहाकी पत्नी साईकिलमा हिड्ने भन्ने कँहा लेख्या छ र ओलीले भने तेस्तै रास्ट्रपति भण्डारीलाई १६ करोडको गाडी चढेर हिड्छिन भनेर विरोध गर्नु गलत भएको समेत ओलीले बताए।
नेपालमा १६ करोडको गाडी कस्तो हुन्छ देखिएको छैन ,कार्यक्रममा जाँदा गाडी चढेर जानुहुन्छ तेसो भएअब के साईकिल चढेर जानुस भन्ने ।,
यस्ता बकबास कुरा गर्ने खालका एक थरिका मानिसहरि जम्मा हुने र विरोध गर्ने गरेकोले त्यो कुनै अर्थ नहुने प्रधानमन्त्री ओलीले बताए।
