कर्णाली प्रदेश सुर्खेत ताइक्वान्दो संघद्वारा खेलाडीलाई खाद्यानन उपलब्ध,

असार १४ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेत ताइक्वान्दो संघले ताइक्वान्दो खेलाडीहरुलाई राहत वितरण गरेको छ।
ताइक्वान्दो संघ जिल्ला समिती सुर्खेतका अध्यक्ष तथा प्रसिक्षक भुवन थापा, उधोग वाणिज्य संघ सुर्खेतका महासचिव बजाज मोटर साईकिल सो रुमका संचालक लक्षमन कंडेल,जिल्ला खेलकुद समिति सदस्य गङ्गा राम आचार्य ,छिन्छु ताइक्वान्दो दोजाङका प्रसक्षिक अम्मर विकले खेलाडीलाई राहत वितरण गरेका हुन्।
भेरिगंगा नगरपालिका छिन्छुका रास्ट्रीय तथा अन्तरास्ट्रिय प्रथम ताइक्वान्दो खेलाडीहरुलाई राहत वितरण गरिएको हो।

कोभिड १९ ले खेलाडीहरुमा पर्न गएको खाद्यान अभावलाई मध्यनजर गर्दै निम्न वर्ग र उत्कृस्टमा पर्न सफल ५ जना खेलाडीलाई राहत उपलब्ध गराईएको हो।
खेलाडी सुदान्सु वैश्य ,शोक बिक ,पार्वती बिक ,सरिता बिक ,सिवा परियारलाई खाद्यान उपलब्ध गराईएको हो।

खेलाडीलाई कोरोना महामारीमा सामाजिकदुरी कायम गर्दै खाद्यान उपलब्ध गराईएको थियो भने खाद्यान्न उपलब्ध गर्ने खेलाडीहरु आ आफ्नो ड्रेस बेल्टमा उपस्थित देखिन्थे।
पछिल्लो समयमा भेरिगंगा नगरपालिकामा युवा युवतीहरुलाई प्रसिक्षक अमर विकले खेलमा सकृय रुपले अगाडी बढाएको देखिन्छ।
खेलले खेलाडीलाई चुस्त दुरुस्त स्वस्थ, सेल्फ डिफेन्स मात्र नभई विभिनन देशमा सहभागी गराई आफ्नो देशलाई चिनाउने समेत गर्ने भएकाले जीवनमा खेल अति आवस्यक हुने अमरले बताए।
