बर्दियामा भैसी चराउन गएकालाई बाघले आक्रमण गर्यो दुईजना गम्भीर ,

असार १४ ,काठमान्डौ – बर्दियाको राजापुर नगरपालिका १० मा पाटेबाघको आक्रमणबाट दुई जना घाईते भएका छन्।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेले उनीहरुलाई गाँउनजिकै भैँसी चराउदै गर्दा आज बिहान बाघले आक्रमण गरेको थियो।

बाघको आक्रमणबाट बर्दिया राजापुर नगरपालिका १० लालपुर गाउँका मोहन थारु र मझेरा गाउँका दयाराम थारु घाइते भएका छन्।

lekbesi

मोहनको दायाँ हात, बायाँ खुट्टा र पिँठ्युमा गम्भीर चोट लागेको छ भने दयारामको टाउको र दुवै कञ्चटमा गम्भीर चोट लागेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले बताए। घाईतेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छ।