surkhet

गुर्भाकोट तेक्वान्दो डोजागं र प्रदेश तेक्वान्दो संघको समन्वयमा खेलाडीहरुलाई राहत वितरण ,

surkhet

असार १५ ,सुर्खेत – गुर्भाकोट तेक्वान्दो डोजागं र कर्णाली प्रदेश तेक्वान्दो संघको समन्वयमा खेलाडीहरुलाई राहत वितरण गरिएको छ।

कर्णाली प्रदेश सुर्खेत तेक्वान्दो संघका अध्यक्ष प्रसिक्षक भुवन थापा लगायत तेक्वान्दो मास्टर हरुको उपस्थितमा ५ जना निम्न स्तरमा परेका खेलाडीहरुलाई राहत वितरण गरिएको हो ।

खेलाडीलाई दैनिक उपभोग्य वस्तु एक बोरा चामल ,दाल ,तेल ,नुन उपलब्ध गराईएको छ।गुर्भाकोट नगरपालीकाका विभिनन क्षेत्रमा युवाहरुलाई खेलमा प्रोत्साहित गरिएको छ।

Dailekh
Gorkha

खेलाडीलाई खेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि आफु सधै लागि परेको गुर्भाकोट तेक्वान्दो डोजागंका प्रशिक्षक उदय चुनाराले बताए।

विश्वका विभिन्न देशमा खेलाडी र खेलले गर्दा आफ्नो पहिचान संगै सिंगो देशलाई चिनाउने भएको हुँदा आफ्नो निर्देशन र लक्ष्य पनि तेही तहेको उदयले जानकारी गरे।

salyan