स्वास्थ्य मन्त्रालयको चेतावनी काठमान्डौमा कोरोना संक्रमण बढ्न थाल्यो ,
असार १५ ,काठमान्डौ – अहिले काठमान्डौ राजधानी लगायत विभिन्न स्थानमा कोरोना संक्रमणका बिरामी फेला पर्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले सबैले सामाजिकदुरी कायम गर्न जानकारी गरेका छन्।
सहरमा घना बस्ति भएका ठाँउमा कोरोनाका बिरामी बढ्न थालेपछि अत्यावस्यक काम नपरी बाहिर ननिस्कन र माक्स, सेनीटाईजर अनिवार्य प्रयोग गर्नुपर्ने स्वस्थ्यमन्त्रालयले हार्दिक अपिल समेत गरेको छ।
नेपालमा सबैले लकडाउन खुलेको महसुस गरेर ठुलो संख्यामा भिड गर्ने, भोजभतेर गर्ने ,माक्स प्रयोग नगर्ने ,सडकमा सवारीसाधनको अत्यधिक पर्योग गरि लापरबाही गरेको देखिएको समेत मन्त्रालयले जनाएको छ।
कोरोनाको संक्रमण दैनिक बढिरहेको बेला मानिसले लापरबाही गरिरहेको हुनाले न्युनतम दुई मिटरको दुरी कायम नगर्ने र भौतिक दुरी कायम नगर्नु दुखद रहेको समेत बताए।
प्रवक्ता जागेस्वर गौतमले भने नेपालमा कोरोना घटेको होइन दैनिक जस्तो बढेको छ ,आज मात्र काठमान्डौ ,भक्तपुर ,ललितपुरमा ८ जना संक्रमित फेला परेका छन्।
काठमाडौंमा ४ पुरुष र २ महिला, भक्तपुरमा १ पुरुष र ललितपुरमा १ पुरुष गरी जम्मा ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो । राजधानीमा दैनिक जस्तो कोरोना संक्रमित फेला परेका छन्।