suekhet
bheriad

टिकटकमा प्रतिबन्ध लगाईने ,

lekabesi

असार १६ ,काठमान्डौ – टिकटक र वि च्याटसहित झण्डै ६० चिनियाँ मोबाइल एपमाथि भारत सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै ति चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनुपरेको भारतले जनाएको हो।

अहिले भारत चीनविच सीमाक्षेत्र गलवानको विवाद छ ,जसमा २० भारतीय सैनिकको ज्यान समेत गएको थियो।

भारतले पनि चिनियाँ सैनिकको मृत्यु भएको दाबी गरेको थियो तर चीनले यो बारेमा केहि पनि बोलेनन् बल्कि भारत चीनको एक छेउपनि नरहेको बतायो।

अहिले भारतका ५० भन्दा बढी प्रतिशन जनसंख्या ईन्टरनेटको पहुचमा छ ,चीनले पनि भारतको विशालबजारमा आफ्नो उत्पादनको सम्भावनामा देखेको छ।

,भारतले टिकटक र वि च्याट, युसी, ब्राउजर, सेयरइट र बाइडु म्याप लगायतका चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ।

जुन एपहरू भारतीय मोबाइल प्रयोगकर्तामाझ अत्यधिक प्रयोग र लोकप्रिय रहँदै आएका छन्।अहिले टिकटक विश्वमा सबैभन्दा बढी भारतबाट हेरिने एपस रहेको वैज्ञानिकहरुले बताएका छन्।

भारतको विद्युतिय र संचारप्रविधि मन्त्रालयले सोमबार एक विज्ञप्ति गारी गर्दै चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको छ भने ,चिनियाँ एपहरूले प्रयोगकर्ताहरूको तथ्यांक अनधिकृतरूपमा भारतबाहिरका सर्भरहरूमा गोप्यरूपले हस्तानतरण हुँदै आएको पाइएको जनाएको छ।

‘यी तथ्यांकहरूको संकलन एवं उपयोग भारतको राष्ट्रिय सुरक्षाको प्रतिकूल रहेको र यसले भारतको सार्वभौमिकता र अखण्डताका लागि चिन्ता विषय भएका कारण यसको समाधानका लागि आपतकालिन उपायहरू आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ।