कोरोना महामारी भन्दा खतरनाक भाईरस फ्ल्यु बंगुरमा देखियो ,

असार १६ ,काठमान्डौ – हाल विश्वमा महामारी ल्याईरहेको कोरोना कोभिड १९ पछि चीनका वैज्ञानिकले अर्को महामारी ल्याउन सक्ने भाईरस पत्ता लगाएका छन्।

यो हालै पट्ट लागेको भाईरस हो जुन सुँगुर बंगुरबाट फैलेने र मानिसमा सर्ने बताएका छन्। यो फ्ल्यु भाईरस म्युटेसन भएर मानिसदेखि मानिसमा सजिलै फैलिनसक्ने र विश्वमानै माहामारी ल्याउनसक्ने देखिएको वैज्ञानिकहरु बताउछन।

यो भाईरस बंगुरमा फेलापरेको छ ,यसको क्षमता कति छ मानिसमा सर्यो भने कतिको तेजमा फैलिन्छ हामि अध्यन गरिरहेका छौ तर सुँगुर बंगुरको मासुको उद्योगमा कार्यरत कर्मचारीलाई विधेश निगरानी गर्नुपर्ने देखिएको छ।

lekbesi

प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा वैज्ञानिकहरुले ऊल्लेख गर्दै लेखेका छन्।

अहिले कोरोना भाईरसको नियन्त्रण कसरि गर्नसकिन्छ भनेर चीन लगायत विश्वका वैज्ञानिकहरु नँया रिसर्चमा छन्, चीनको हुवेइ प्रान्तबाट फैलीएको नोवेल कोरोनले अहिले विश्वमा ५ लाख बढीको ज्यान गईसकेको छ ।

,चीनले कोरोना महामारीको खोप पत्ता लगाउन विभिनन रिसर्च गर्दा यो बंगुरमा देखिने नँया इन्फ्ल्युएन्जाको नयाँ स्ट्रेन भाईरस पत्ता लगाएको बताएको छ।

यो भाईरस स्वाइन फ्लु जस्तै तर खतरनाक बनेको वैज्ञानिकहरुले उल्लेख गरेका छन् ,सन् २००९ मेक्सिकोबाट फैलीएको बंगुरमा फेलापर्ने स्वाईनफ्लुले धेरैको ज्यान लिएको थियो तर यसको खोप पत्ता लागेपछि विश्वमा धेरैको ज्यान भने जान सकेन।

अहिले चीनले बंगुरमा देखिने गरेको पत्ता लगाएको नयाँ स्ट्रेन भाईरस स्वाईनफ्ल्यु जस्तै हुने गरेको छ, यो भाईरसलाई जी४ ईए एनवानएनवान नाम दिएका छ र यो मानिसको श्वासप्रश्वासको नलीको कोषमा बढ्न र वृद्धि हुन सक्ने वैज्ञानिकले चेतावनी दिएका छन् ।

प्राध्यापक किन चाउ चाङ र उनका समकक्षीहरु बंगुरको उधोगमा काम गर्ने व्याक्तिहरुमा यो भाईरस फेलापरेको हुनाले यसमाथि नजर राखिराख्नुपर्ने बताउँछन् ।

किन चाउ चाङले भनेका चाहन अहिले हाम्रो ध्यानकेन्द्रित कोरोना भाईरसमा छ ,तर अनुसन्धानको बेला सम्भावित हुनसक्ने खतरनाक भाईरसहरुको नजरअन्दाज समेत पाईएको हो। चाउ चाङ बेलायतको नटिङहाम विश्वविद्यालयमा कार्यरत प्राध्यापक वैज्ञानिक हुन्। बिबिसी ,,