कांग्रेस सांसद छन्त्यालको निधन ,

असार १७ ,काठमान्डौ – नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।

बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा छन्त्यालको निधन भएको हो ।

छन्त्याल काँग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

lekbesi

बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा काम गर्दै आईरहेकी थिइन्।

छन्त्यालको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।