आजको संसद बैठक शोक प्रस्तावपछि स्थगित हुने ,

असार १७ ,काठमान्डौ – आजको संसद बैठक नेपाली कांग्रेसकी सांसद ज्ञान्कुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ ।

संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ। प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छन्त्यालको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा बुधबार बिहान काठमाडौंमा निधन भएको हो ।

बहालवाला सांसद भएकाले संसद बैठक तोकिएको समयमै सुरु हुने छ र शोक प्रस्ताव पारित गर्दै सकिने छ, शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने छ ।

आज संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सेवा विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने लगायतका विषय उल्लेख भएपनि शोक व्यक्त गरेर स्थगित हुने भएको हो ।