ओली निकट सबै नेता प्रचण्डलाई भेट्न खुमलटारमा ,

असार १८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न ओली निकटका नेताहरु बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा पुगेका छन ।

छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी छन् ।

त्यस्तै, प्रचण्ड पक्षका जनार्दन शर्मालगायत केही स्थायी समिति सदस्यहरु पनि रहेका छन् ।

lekbesi

स्थायी समितिका ३१ जना सदस्य सहभागी सो छलफलले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् ।

बुधबार मात्र ओलीपक्षका स्थायी समिति सदस्यहरुले ललितपुरको झम्सिखेलमा भेला गरेर ओलीको कार्यशैलीविरुद्ध एक जुट भएर अघि बढ्ने सहमति गरेका थिए ।