suekhet
bheriad

नेपालमा दैनिक जस्तो ५ सयको हाराहारीमा कोरोना संक्रमित बढ्दै ,

lekabesi

असार १८ ,काठमान्डौ – नेपालमा कोरोनाका बिरामी दैनिक पाँचसयको हाराहारीमा बढ्दै गरेको पाईएको छ।

आजपनि गत २४ घन्टामा ४ सय ७३ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बिहिबारको नियमित मिडिया ब्रिफिङ्गमा बताएका छन्।

आज थपिने संक्रमणमा १ सय ९ महिला र ३ सय ६४ पुरुष छन । यो संगै नेपालमा कोरोना संक्रमणका बिरामी १४ हजार ५ सय १९ पुगेको छ।

हालसम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परीक्षण गरेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना रहेका छन् भने आइसोलेसनमा १० हजार १ सय ३७ जना संक्रमितहरु उपचाररत रहेका छन् ।

मन्त्रालयले २४ घन्टामा ४ हजार ५ सय ३७ जनाको पिसिआर गरेको छ ,तेस्तै आज थप ६ सय ६४ जना निको भएर घर फर्केका छन।

यो संगै नेपालमा ५ हजार ३ सय २० जना निको भएर घर फर्केका छन्।संक्रमित ३१ जनाको हाल सम्म निधन भैसकेको छ।