Gold

नेपाल स्वयंसेवक संघ कैलालीको अध्यक्षमा जनक सुनार,

Naumule Migrate

असार १८ ,कैलाली – नेपाल स्वयंसेवक संघको युवा संगठन कैलालीको अध्यक्षमा जनक सुनार चयन भएका छन्।

आईतवार जनक सुनारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित चयन भएको हो।

युवा संगठनको उपाध्यक्षमा रोहित बिसी, सचीवमा हेमराज धमाला, सहसचिवमा भुवन तिमिल्सिना ,कोषाध्यक्षमा टीका जैशी लगायत ६ जना सदस्यहरु चयन भएका छन्।

तेस्तै सदस्यहरूमा केपि धमाला, अभिषेक भुल, केशब माझी ,तनुजा भट्ट, देब बहादुर बि.क, पुष्पराज ढुंगाना रहेका छन्।

यो एक सामाजिक उद्देश्य बोकेर समाजका सकारात्मक कार्य गर्ने संगठन हो ।संगठनले समाजमा रहेका अन्धविश्वास, कुरुति कुसंस्काविरुद्ध आवाज उठाउने अध्यक्ष जनक सुनारले बताएक छन् ।

देशभरका सातै वटा प्रदेशमा र ७७ वटै जिल्लामा यसको बिस्तार भैरहेको छ । हाल यस संगठनका केन्द्रिय अध्यक्ष जन्जित पुरुष रहेका छन भने प्रदेशन.७ तथा सुदुर पश्चिम प्रदेशमा प्रदेश संयोजक हिक्मत शाह रहेका छन् ।

 

 

Naumule Badhipahiro