ओलीको दुवै पद जाने भयो ,
असार १८ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन्। ओली किन रोईस मंगले आफ्नै ढंगले भनेजस्तै भएका छन्।
ओलीले पार्टीको निर्णय विपरित पार्टी हाक्न खोजेपछि उनि संकटमा परेका छन्।
ओलीले बुधबार बिहानै आफुनिकट स्थायी कमिटि सदस्य एवं बहालवाला मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर भने,मलाई सहयोग गर्नुपर्यो ,मलाई चौतर्फीबाट अट्याक भयो।
तेही बुधबार सांझा उनि निकटका नेताहरु झम्सीखेलमा प्रचण्डलाई भेट्न पुगे र ३० जना स्थायी कमिटीका सदस्यहरुले एकस्वरमा भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ। ,
ओली निकट रहेका मन्त्रिले पनि ओली गलत बाटोमा हिडेको भन्दै साथ् नदिने भनेपछि ओली स्थायी कमिटि देखि मन्त्रिमण्ड,संसद सबैमा उनि संकटमा देखिन्छन।
बिहिबार बिहान थप ओली निकटका नेताहरु नेकपा अध्यक्ष प्रचण्ड निवास झम्सीखेल पुगे र दुवै अध्यक्ष मिलेर जान सुझाय।
लगतै ओलीले वालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाए । बिहानै ओलीले रास्ट्रपति विद्यादेवी भण्डारीसंग भेट घत गरेर संसदको अधिवेशन अन्त्य गर्ने प्रस्ताव पारित गराए ।
अब प्रधानमन्त्रीले अध्यादेश ल्याएर संकटकाल पो लगाउँछन् कि भन्नेसम्मका अडकलबाजी भइरहेका छन् ।
के अब ओलीलाई अध्यक्ष प्रचण्ड ,बरिस्ठ नेता माधव कुमार नेपालले सहयोग गर्छन त ,वा ओलीले कुन पद बचाउने भनें छ ,ओलीलाई नेकपा भित्रका सबै नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिने आग्रह गरेका छन्।
पार्टी भित्र आन्तरिक विवाद बढ्दै गएको छ ,कतै पार्टीनै फुट्नेकि भनें सम्म अड्कलबाजी चलेको छ ,विपक्षि आरती नेपालि कांग्रेसले पनि प्रधानमन्त्री ओलीको राजिनामाको माग गर्दै सडकमा उत्रेको छ।
अब ओलीको पद दुवै धरापमा छन् उनि संकटमा छन् ,कसरि पद बचाउने भन्ने ओलीले के निर्णय गर्ने र कस्तो गर्ने भनें आफै सोच्न पर्ने छ।
तर जतिसुकै बल जब्स्ता गरेपनि उनको दुवै पद धरापमा हुने छ। प्रधानमन्त्री ओलीले यसअघि पनि पटक,पटक धोका दिइसकेकाले यसपटक वार कि पार गर्ने पक्षमा प्रचण्ड–माधव पक्षका नेताहरु देखिन्छन् । ओलीले बुद्दि लगाएर एक पद छोडे भने उनलाई फाईदा हुन सक्छ।