Gold

म दुवै पद छाडदिन प्रधानमन्त्री ओली ,

Naumule Migrate

असार १८ ,काठमान्डौ – संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछोड्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्षले अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलसँगको भेटमा दुवै पद नछाड्ने र अन्य कुरा भए गर्न तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्री र अधय्क्ष पद छोड भन्ने हो भने म कुरै गर्दिन अरु विषमा कुरा हो भने कुरा गरौ भनेर वादविवाद समेत भएको नेकपा सचिवालयका एक नेताले बताए।

मन्त्रिपरिषद् बैठकबाट संघीय संसदको अधिवेशन अन्त्य गरेपछि अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेललाई ओलीसँग कुरा गर्न सचिवालयका अन्य नेताले आग्रह गरेका थिए।

ओलीले संसदको अधिवेशन अन्त्य गर्नको लागि बिहानै रास्ट्रपति भण्डारीसंग छलफल गरेका थिए।जुन कुरा कसैलाई थाहा छैन ओलीले एकलौटी पुगेर भण्डारीलाई भेटेर अधिवेशनको अन्त्य भएको घोषणा गर्न लगाएका छन्।

बिहान दाहालसँग मन्त्रिपरिषद्को बैठक स्थगित गर्ने, संघीय संसद बैठक स्थगित नगर्ने भन्ने समझदारी भएको रहेछ ।

त्यो समझदारी विपरित ओलीले त्यस्तो निर्णय गरेपछि हामीले कुरा गर्न पठाएका थियौं । तर, अध्यक्ष दाहाल र महासचिव पौडेलसँग ओलीले दुवै नछाड्ने अडान लिएर बसेका रहेछन् एक नेताले भने ।

ओलीले पार्टी फुटाउने सहज हुने अध्यादेश ल्याउने र पार्टी फुटाउने दिशामा जान लागेको देखिसकेपछि नेताहरुले प्रचण्डलाई रास्ट्रपतिसंग छलफलका लागि पठाए।

ओलीले यस अघिपनि पार्टी फुटाउने अध्यादेश ल्याएका थिए ,चौतर्फी आलोचना विरोध भएपछि उनले फिर्ता लागेका थिए।

,ओलीले फेरी तेही अध्यादेश ल्याईसकेका छन् ,कमसे कम रास्ट्रपतिले त सोच्नु पर्छ नि भन्नलाई दाहाल शितलनिवास पुगेको सचिवालयका ति नेताले बताए।

दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाईसकेको निष्कर्ष निकालेको छ । औपचारिक घोषणा मात्र नगरेकोले हामीले संवाद गर्नु परेको हो।

पार्टी त केपी ओलीले फुटाइसक्नु भयो । तैपनि औपचारिक घोषणा नगरेको कारण हामीले इमान्दारीपूर्वक सम्पूर्ण प्रयत्न गर्नुपर्छ ’प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर फर्किएपछि स्थायी कमिटी बैठकमा दाहालले सुनाएका छन् ।

प्रचण्डले भने अब एक उपाए छ ,ओलीज्यू, तपाई जीवन रहने बेलासम्म अध्यक्ष बन्नुस्, तपाई प्रधानमन्त्री पनि बन्नुस् । हामी दास र रैति हुन पाउँ ।

विदेशीलाई जे-जे गरेपनि तपाईले गर्नुस् भनेपछि पार्टी एकता बच्छ भनेर सुम्पने । नत्र केपी ओलीले पार्टी फुटाईसके सचिवालयका ती नेताले भने । तेस्तै स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ ।

Naumule Badhipahiro