महिलालाई दुर्व्यवहार गर्ने वडाअधय्क्ष प,क्राउ ,

असार १९ ,कञ्चनपुर – स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथलाई प्रहरीले प,क्राउ गरेको छ ।

उनले मधिरा पीएर अपशब्द प्रयोग गर्दै महिलालाई हातपात समेत गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर थापाले बताए ।

पिडित महिलाले दिएको उजुरीका आधारमा उनलाई प,क्राउ गरिएको थापाले बताए।

महिलालाई वडाध्यक्षले दुर्व्यवहार गरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय, ब्रह्मदेव घेराउ गरि नाराबाजी समेत गरेका गरेका थिए ।